Saturday, September 5, 2015

नजर चर्न खोज्छ हजुर

आजभोली किन किन, आँशु झर्न खोज्छ हजुर
माया भन्नू यस्तै रैछ, बसाई सर्न खोज्छ हजुर (पावल चाम्लिङ राई)

चौबन्दी र पटुकामा, छड्के तिलहरी लगाएका 
बैंशालु ति षोडसीका, नजर चर्न खोज्छ हजुर 

मूल बाटो बिर्सिए झैँ, भौँतारिएका मनहरु नै 
बैगुनीको मनै मन्मा, पिरती छर्न खोज्छ हजुर 

ईशारामा तीर् चल्छन्, घाइते हुन्छु एक्लै यहाँ 
जवानीले यो घाउमा, माया भर्न खोज्छ हजुर 

जिन्दगीका भबसागर, उन्को साथ पायो भने 
यी हातमा हात राखी, जंघार तर्न खोज्छ हजुर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...