Monday, September 7, 2015

कस्तो चाडपर्व धाम, मनाउंदैछौ

कस्तो चाडपर्व धाम, मनाउंदैछौ
शिब् ऋषि कि राम, मनाउंदैछौ

तिज´को लहर त, आएकै छैन
लौ तिज भन्दै साम, मनाउंदैछौ

न बरिलै भाका न टुप्पैमा जुरेली
´जनाबे अली´ आम, मनाउंदैछौ

कहिले पोइला जान, पाम पाम
कहिले देखाको थाम, मनाउंदैछौ

न चाम्रे अनदीको, न करेलीको अचार्
दूध´को साट्टो जाम, मनाउंदैछौ

थपडीको ताल् मादलुको घिन्ताङ्ग् छैन
रेकर्डमा भड्किलो खाल्, मनाउंदैछौ 

1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...