Monday, September 7, 2015

देख्दैनौ ??


चलेको छ देश भन्छौ, जलेको देख्दैनौ
मक्किए ती हाड खोर, गलेको देख्दैनौ

सल्काउने धेरै छन, निभाउने भएनन्
अहो साम्प्र´दायिकता, बलेको देख्दैनौ

यो माछा माछा भ्यागुतो, खेल खेलाउनेले
भकुण्डो आफ्नै पोल्टोमा, छलेको देख्दैनौ

माली भए स्वार्थी, गोडमेल नै भाछैन
प्रकृति उस्तै धरोहर्, ढलेको देख्दैनौ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...