Wednesday, August 31, 2022

लेखिनुपर्छ है अझै केही कथा जिन्दगीका

लेखिनुपर्छ है अझै केही कथा जिन्दगीका 
रुने रुन्छन् हांस्ने हाँस्छन् ब्यथा जिन्दगीका!!
 
सकस भोगें, दकस भोगें, भोगें सुख दु:ख 
कसलाई किन लुकाउनु अब जेथा जिन्दगीका !!

रहर मरे सपना डढे तर हाँसो ओठमा ल्याई 
छन् छ न त अझै कति बाध्यता जिन्दगीका!!

मन मुटु सोच सारा, फोहोरका गन्जागोलमा 
कहाँ पाउनु 'गौतम, यहाँ सुद्धता जिन्दगीका !! 

Tuesday, August 23, 2022

against nepal banda

मित्र हो फेरी, बन्दका दिन आए                                                                                                                          सत्ता  बिलाशी  गन्धका दिन आए !!

बन्दुक गोली बारुद, समाउने कै                                                                                                                        राजनीति बे,-छन्दका दिन आए !!

पिटे जस्तो म गर्छु, तँ रोए जस्तो                                                                                                                        भाउजु र ती,  नन्दका दिन आए !!

छिछि बुर्जुवासङ्ग, रात्री भोज गर्दै                                                                                                                      बिहानी क्रान्ति, द्वन्दका दिन आए!!

पालै पालो उक्लनु छ शिन्हदरबार                                                                                                                          कथित विप्लवी, चन्दका दिन आए!!


दुबैतर्फ ओस्सिएका, जवानीका माग थिए

दुबैतर्फ ओस्सिएका, जवानीका माग थिए
माया मोह आकर्षण, सौन्दर्यका बाग थिए !!

रोकावट थिए आज ,देह मात्र केही टाढा  
नजर भरीभरी हाम्रा, रती अनि राग थिए !!

ईशारामा बात हुन्थे, ओठ टोक्ने बानी उन्को
के के भए भए अस्ति,गला भरी दाग थिए !!  

के छैनन् र उनीसङ्ग,? जस्तो खोजें त्यस्तै  
आली कान्ला बान्ना, समथर भू-भाग थिए!!
 
ज्वाला ओकल्ने नजर, परेला झनै धारिला     
न धुँवा न मुश्लो, निभ्दै ननिभ्ने आग थिए!!
 

Sunday, August 21, 2022

गजल कतै गुमनाम छु, कतै बदनाम हुँदैछु

कतै गुमनाम छु, कतै बदनाम हुँदैछु 
श्री हनुमान बिनाको, एक्लोराम हुँदैछु!!
  
पोल्छु कसैलाई त जलाउँछु कसैलाई 
नभै पनि नहुने,, भदौरे घाम हुँदैछु !!

खै के पखाल्छन् मान्छे देवघाट धाएर 
ती पापीहरु मात्र, धाउने धाम हुँदैछु!!

रोकिएनन् पराकम्पन आफ्नै जिन्दगीका  
थाकथलो थाम्ने बलो धुरी थाम हुँदैछु!!   

भो नपुर्याओ धुरीमा, जमिनमा नै छोड
तिम्रो सोच भन्दा फरक, म आम हुँदैछु !!

Thursday, August 18, 2022

त्यो नटखट त्यो उत्ताउलो जवानी मन पर्छ!!

नाइँ नाईँ हुँदैन भन्ने उनको बानी मन पर्छ 
त्यो नटखट त्यो उत्ताउलो जवानी मन पर्छ!!

म सुन्छु मज्जाले सुन्छु उनले जेजे भन्छिन् 
हुँदै नभएका, मन गढन्ते कहानी मन पर्छ!!
 
जिस्काउँछु छोई खेले झैं हाँस्दै हाँस्दै भाग्दा 
खै आँसु हुन् या ती आँखाका पानी मन पर्छ!!   

खेल्छौं लुकामारी हामी दुई लाजै लाग्ने गरी 
खेलमा म राजा उनलाई सधैं रानी मन पर्छ!!

थाहै छैन उनलाई, के मन पर्छ पर्छ सायद
चिसो न चिसो त्यो ढुङ्गाको सिरानी मन पर्छ!!

गजल: आगो उनी सङ्ग जल्नु मलाई परेको छ

आगो उनीसङ्ग जल्नु मलाई परेको छ 
प्रेम हो रे त्यो गल्नु मलाई परेको छ!!

घाईते भएँ म अपान्ङ्ग भएँ म भन्छिन्   
बिना बैशाखीमा चल्नु मलाई परेको छ!!

कसले रोके कसले टोक्ने उनलाई अब 
आखिर दुनियाँ छल्नु मलाई परेको छ !!

भन्थे प्रेम युद्ध हो यहाँ रोक-तोक हुँदैन  
बिना गोला बारुद् ढल्नु मलाई परेको छ!!   

बहाना भेटिन्छन् अनेक सम्हाल्दा सम्हाल्दै 
हरसाँझ एकान्तमा बल्नु मलाई परेको छ!!

आगो उनी सङ्ग जल्नु मलाई परेको छ  
  

Thursday, August 11, 2022

एता उप्काई अन्त कतै किल्ला गाढिएछ !!

 
न याद न सम्झना उनको मन बांढिएछ 
अरु कसैसङ्ग सायद प्रेम डोरो बांधिएछ!!
 
कोमल लाग्थे ओठहरु मुस्कुराउंथिन् जब 
हेर्दा-हेर्दै हामी दुई बिचको दुरी टाढिएछ!!  

रोपेका थियौं मिलिजुली विश्वाशका सल्ला 
थाहै नपाई ती पिरतीका जङ्गल फांडिएछ!! 

मजबुत् लाग्थे अङ्गालो चोखा चुम्बनहरु  
कसोरी कुन्नि पराईसङ्ग नजर लाडिएछ!! 

खै कसोरी कमजोर भए मायाका पर्खाल 
एता उप्काई अन्त कतै किल्ला गाढिएछ !!

गीत- धारिलो छुरा गलामा राख्दा रेटिने रहेनछ


देखेका सपना चाहेका कुरा भेटिने रहेनछ 


के लेख्योलेख्यो भाबिले पनि मेटिने रहेनछ 


सम्हालें मनका कलम कापी लेख्नेछु भनेर 

भोगेका ब्यथा लेख्छु भन्दा लेखिने रहेनछ 


देखिने भए,भाग्यको रेखो कोतर्ने थिएँ नि 

जति नै ठुलो एेनामा हेरें देखिने रहेनछ


साँच्चै रहेछ हत्केलाले सुर्य छेकिने रहेनछ  


सजिलो रैछ है मर्छु भन्न मोहले छोड्दैन  

धारिलो छुरा गलामा राख्दा रेटिने रहेनछ 

 

Wednesday, August 10, 2022

मुटु दुख्छ भित्र कतै छातीको के दोश छ र

मुटु दुख्छ भित्र कतै छातीको के दोश छ र  
आफ्नो धर्म निभाउने घातीको के दोश छ र!!  

देउताले त वासना खोज्छन् मान्छेका के कुरा  
टिपिन्छ फूल मात्र गुमपातीको के दोश छ र!!

अन्धकारमा देखिने सारा जून तारा चन्द्रमा हुन् 
डर उब्ज्यो मन भित्रबाट रातीको के दोश छ र!!

खोक्रा आडम्बरले मलाई थिच्यो तिम्लाई थिच्यो  
मैले भूलें उसले बिर्सियो साथीको के दोश छ र!!     

Tuesday, August 9, 2022

जितेर पनि पल पलमा, हारेको मान्छे म

जितेर पनि पल पलमा, हारेको मान्छे म 
अनेकौं सपना अनेकौं रहर, मारेको मान्छे म!! 

खै कसले के सुनाएछ कुन्नि, सुन्दैन देउताले 
नजिक पुग्दा भाग्यले पनि, टारेको मान्छे म!!

आङ्गनका खुशी बलेसीमा, अल-पत्रै पारेर 
त्यै खुशी खोज्न दुनियाँसारा, चारेको मान्छे म!!

उडेको हुन्छु पखेटा फिजाई स्वतन्त्र छु भनि
घरिघरी समयले नै जालमा, पारेको मान्छे म!!

कर्मको लेखो भाग्यको टेको, भेटिन कतै नि
जीउँदै छँदा आफन्तले जुठो, बारेको मान्छे म!!
----------
९ अगस्ट,२०२२ 
रेक्याभिक,आईसल्याण्ड  

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...