Thursday, August 18, 2022

गजल: आगो उनी सङ्ग जल्नु मलाई परेको छ

आगो उनीसङ्ग जल्नु मलाई परेको छ 
प्रेम हो रे त्यो गल्नु मलाई परेको छ!!

घाईते भएँ म अपान्ङ्ग भएँ म भन्छिन्   
बिना बैशाखीमा चल्नु मलाई परेको छ!!

कसले रोके कसले टोक्ने उनलाई अब 
आखिर दुनियाँ छल्नु मलाई परेको छ !!

भन्थे प्रेम युद्ध हो यहाँ रोक-तोक हुँदैन  
बिना गोला बारुद् ढल्नु मलाई परेको छ!!   

बहाना भेटिन्छन् अनेक सम्हाल्दा सम्हाल्दै 
हरसाँझ एकान्तमा बल्नु मलाई परेको छ!!

आगो उनी सङ्ग जल्नु मलाई परेको छ  
  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...