Wednesday, August 10, 2022

मुटु दुख्छ भित्र कतै छातीको के दोश छ र

मुटु दुख्छ भित्र कतै छातीको के दोश छ र  
आफ्नो धर्म निभाउने घातीको के दोश छ र!!  

देउताले त वासना खोज्छन् मान्छेका के कुरा  
टिपिन्छ फूल मात्र गुमपातीको के दोश छ र!!

अन्धकारमा देखिने सारा जून तारा चन्द्रमा हुन् 
डर उब्ज्यो मन भित्रबाट रातीको के दोश छ र!!

खोक्रा आडम्बरले मलाई थिच्यो तिम्लाई थिच्यो  
मैले भूलें उसले बिर्सियो साथीको के दोश छ र!!     

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...