Thursday, August 18, 2022

त्यो नटखट त्यो उत्ताउलो जवानी मन पर्छ!!

नाइँ नाईँ हुँदैन भन्ने उनको बानी मन पर्छ 
त्यो नटखट त्यो उत्ताउलो जवानी मन पर्छ!!

म सुन्छु मज्जाले सुन्छु उनले जेजे भन्छिन् 
हुँदै नभएका, मन गढन्ते कहानी मन पर्छ!!
 
जिस्काउँछु छोई खेले झैं हाँस्दै हाँस्दै भाग्दा 
खै आँसु हुन् या ती आँखाका पानी मन पर्छ!!   

खेल्छौं लुकामारी हामी दुई लाजै लाग्ने गरी 
खेलमा म राजा उनलाई सधैं रानी मन पर्छ!!

थाहै छैन उनलाई, के मन पर्छ पर्छ सायद
चिसो न चिसो त्यो ढुङ्गाको सिरानी मन पर्छ!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...