Thursday, August 11, 2022

एता उप्काई अन्त कतै किल्ला गाढिएछ !!

 
न याद न सम्झना उनको मन बांढिएछ 
अरु कसैसङ्ग सायद प्रेम डोरो बांधिएछ!!
 
कोमल लाग्थे ओठहरु मुस्कुराउंथिन् जब 
हेर्दा-हेर्दै हामी दुई बिचको दुरी टाढिएछ!!  

रोपेका थियौं मिलिजुली विश्वाशका सल्ला 
थाहै नपाई ती पिरतीका जङ्गल फांडिएछ!! 

मजबुत् लाग्थे अङ्गालो चोखा चुम्बनहरु  
कसोरी कुन्नि पराईसङ्ग नजर लाडिएछ!! 

खै कसोरी कमजोर भए मायाका पर्खाल 
एता उप्काई अन्त कतै किल्ला गाढिएछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...