Tuesday, August 23, 2022

दुबैतर्फ ओस्सिएका, जवानीका माग थिए

दुबैतर्फ ओस्सिएका, जवानीका माग थिए
माया मोह आकर्षण, सौन्दर्यका बाग थिए !!

रोकावट थिए आज ,देह मात्र केही टाढा  
नजर भरीभरी हाम्रा, रती अनि राग थिए !!

ईशारामा बात हुन्थे, ओठ टोक्ने बानी उन्को
के के भए भए अस्ति,गला भरी दाग थिए !!  

के छैनन् र उनीसङ्ग,? जस्तो खोजें त्यस्तै  
आली कान्ला बान्ना, समथर भू-भाग थिए!!
 
ज्वाला ओकल्ने नजर, परेला झनै धारिला     
न धुँवा न मुश्लो, निभ्दै ननिभ्ने आग थिए!!
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...