Sunday, August 21, 2022

गजल कतै गुमनाम छु, कतै बदनाम हुँदैछु

कतै गुमनाम छु, कतै बदनाम हुँदैछु 
श्री हनुमान बिनाको, एक्लोराम हुँदैछु!!
  
पोल्छु कसैलाई त जलाउँछु कसैलाई 
नभै पनि नहुने,, भदौरे घाम हुँदैछु !!

खै के पखाल्छन् मान्छे देवघाट धाएर 
ती पापीहरु मात्र, धाउने धाम हुँदैछु!!

रोकिएनन् पराकम्पन आफ्नै जिन्दगीका  
थाकथलो थाम्ने बलो धुरी थाम हुँदैछु!!   

भो नपुर्याओ धुरीमा, जमिनमा नै छोड
तिम्रो सोच भन्दा फरक, म आम हुँदैछु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...