Tuesday, August 9, 2022

जितेर पनि पल पलमा, हारेको मान्छे म

जितेर पनि पल पलमा, हारेको मान्छे म 
अनेकौं सपना अनेकौं रहर, मारेको मान्छे म!! 

खै कसले के सुनाएछ कुन्नि, सुन्दैन देउताले 
नजिक पुग्दा भाग्यले पनि, टारेको मान्छे म!!

आङ्गनका खुशी बलेसीमा, अल-पत्रै पारेर 
त्यै खुशी खोज्न दुनियाँसारा, चारेको मान्छे म!!

उडेको हुन्छु पखेटा फिजाई स्वतन्त्र छु भनि
घरिघरी समयले नै जालमा, पारेको मान्छे म!!

कर्मको लेखो भाग्यको टेको, भेटिन कतै नि
जीउँदै छँदा आफन्तले जुठो, बारेको मान्छे म!!
----------
९ अगस्ट,२०२२ 
रेक्याभिक,आईसल्याण्ड  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...