Tuesday, August 9, 2022

जितेर पनि पल पलमा, हारेको मान्छे म

जितेर पनि पल पलमा, हारेको मान्छे म 
अनेकौं सपना अनेकौं रहर, मारेको मान्छे म!! 

खै कसले के सुनाएछ कुन्नि, सुन्दैन देउताले 
नजिक पुग्दा भाग्यले पनि, टारेको मान्छे म!!

आङ्गनका खुशी बलेसीमा, अल-पत्रै पारेर 
त्यै खुशी खोज्न दुनियाँसारा, चारेको मान्छे म!!

उडेको हुन्छु पखेटा फिजाई स्वतन्त्र छु भनि
घरिघरी समयले नै जालमा, पारेको मान्छे म!!

कर्मको लेखो भाग्यको टेको, भेटिन कतै नि
जीउँदै छँदा आफन्तले जुठो, बारेको मान्छे म!!
----------
९ अगस्ट,२०२२ 
रेक्याभिक,आईसल्याण्ड  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...