Thursday, July 14, 2022

फस्ल्याङ्ग फुस्लुङ्गमै कुरा फुस्कियो

नहुनु थियो उनी सङ्ग, प्यार भयो 
जे नहुनु थियो त्यही बारबार् भयो !!

खै यो कस्तो मायाको मौसम पनि 
एता पतझड,,, उता बहार भयो !!

ओठ टोकेर बोल्छिन जिब्रो चलाई 
घरिघरी हाम्रा दुई नजर चार भयो !!

मज्जा उस्तै पढ्दा पूराना प्रेम-पत्र
मज्जा आउने के ईमोमा कुरा गर्न 
त्यही निहुँमा मेरीको केरकार भयो !!

फस्ल्याङ्ग फुस्लुङ्गमै कुरा फुस्कियो 
आखिर पिउनु पनि, बेकार भयो !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...