Thursday, July 14, 2022

फस्ल्याङ्ग फुस्लुङ्गमै कुरा फुस्कियो

नहुनु थियो उनी सङ्ग, प्यार भयो 
जे नहुनु थियो त्यही बारबार् भयो !!

खै यो कस्तो मायाको मौसम पनि 
एता पतझड,,, उता बहार भयो !!

ओठ टोकेर बोल्छिन जिब्रो चलाई 
घरिघरी हाम्रा दुई नजर चार भयो !!

मज्जा उस्तै पढ्दा पूराना प्रेम-पत्र
मज्जा आउने के ईमोमा कुरा गर्न 
त्यही निहुँमा मेरीको केरकार भयो !!

फस्ल्याङ्ग फुस्लुङ्गमै कुरा फुस्कियो 
आखिर पिउनु पनि, बेकार भयो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...