Tuesday, July 5, 2022

गजल-भन्थे जे खोज्यो त्यही पाईन्छ अरे शहरमा

भन्थे जे खोज्यो त्यही पाईन्छ अरे शहरमा 
खै त कहाँ गाउँको पिरो, अकबरे शहरमा !!

गाजलु नयन पाईए, टोकेका गूलाबी ओठ 
भेटिन मैले पिउनमिल्ने ठाडो खहरे शहरमा !!

स्याउ जस्तै गाला देखें ती ठूलाठूला भोगटे 
भेटिन, बान्की परेको चुल्ठा लहरे शहरमा !!

मासु मात्र खान्छन् कि क्या हो शहरीयाले 
जताततै बधशाला मात्रै अनी बगरे शहरमा!! 

मरी गए फोन उठाएन, आउँदा पसे भन्थे 
एतै बसाई सरेका'थे हाम्रै ठूलाघरे शहरमा!!  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...