Friday, July 1, 2022

बेचर सपना - २

मौनताले बोल्थे सधैं, ती नजरका पिडाहरु 
जहाँजहाँ हुन्थ्यौ तिमी,ती शहरका पिडाहरु!!
 
किनार सम्म आई, मझधार पछ्याउने   
कसले पो बुझ्ने यहाँ, ती लहरका पिडाहरु!!

गुमसुम् गुमसुम् गोधुली, मीठामीठा अन्धेरीमा  
कहाँ गए लाली यौवन, ती अधरका पिडाहरु!!  

खरानी समेत छैन, जहाँ तिम्रो लास जल्यो 
घाट पखाल्ने आफन्त, ती बगरका पिडाहरु!!

कसरी गयो शास तिम्रो, मनमा मेरा तस्विर 
महशुस गर्न मन भो, ती जहरका पिडाहरु !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...