Sunday, July 10, 2022

थाहै नपाई गजलकार बनेछु, बातै बातमा लेखिदिन्छु

थाहै नपाई गजलकार बनेछु, बातै बातमा लेखिदिन्छु 
पढिदिने कोई भैदिए सारा, कोमल पातमा लेखिदिन्छु!! 

पढेर त हुँदै होईन, परेरनै त होला सायद जिन्दगीमा 
दिनहरुले कसलाई पुग्छ र, अन्धेरी रातमा लेखिदिन्छु !!

पटपट फुटे यी प्रेमका गराहरु, मायालुका बादल छैनन् 
भिज्नुको मज्जा झरीमा हुन्छ, भन्दै बर्षातमा लेखिदिन्छु!!

आँसुका मसी यी औंला चलिरहन्छन्, मनका शब्दहरु 
दिन्छन् भने सडकका, हर-कोहिका हातमा लेखिदिन्छु !!

धोकाधडीकै जमाना छ हजुर, यो आफन्तले जान्दैन  
पिरती मिल्लान् नमिल्लान्, घातप्रतिघातमा लेखिदिन्छु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...