Friday, July 1, 2022

त्यो निधारमा रातो टीका, खुलेको देख्दा

त्यो निधारमा रातो टीका, खुलेको देख्दा
झस्कन्छु जानुपर्ने गन्तब्य, भूलेको देख्दा

हर कहिँ कहाँ भेटिन्छन् र, प्रेमका फूल 
लाग्छ तिनै मुस्कान गूलाब्,फूलेको देख्दा

ती लाजका झुकावहरु,,  चन्चल् नयन
सम्झन्छु मङ्गसिरमा धान्, झुलेको देख्दा

शान्त सालीन सौन्दर्यमा गालाका लाली 
ती ईन्द्रेणीमा रङ्गहरु,,, घुलेको देख्दा 

मार्दिउँ जस्तै हुन्छ मलाई, पत्थर टिपी 
उनका घर वर केटाहरु, डुलेको देख्दा 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...