Friday, July 1, 2022

त्यो निधारमा रातो टीका, खुलेको देख्दा

त्यो निधारमा रातो टीका, खुलेको देख्दा
झस्कन्छु जानुपर्ने गन्तब्य, भूलेको देख्दा

हर कहिँ कहाँ भेटिन्छन् र, प्रेमका फूल 
लाग्छ तिनै मुस्कान गूलाब्,फूलेको देख्दा

ती लाजका झुकावहरु,,  चन्चल् नयन
सम्झन्छु मङ्गसिरमा धान्, झुलेको देख्दा

शान्त सालीन सौन्दर्यमा गालाका लाली 
ती ईन्द्रेणीमा रङ्गहरु,,, घुलेको देख्दा 

मार्दिउँ जस्तै हुन्छ मलाई, पत्थर टिपी 
उनका घर वर केटाहरु, डुलेको देख्दा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...