Thursday, June 30, 2022

उसै त बिरामी यार रोग पठाउँछन्

उसै त बिरामी यार रोग पठाउँछन् 
ओखती बाहेक सब् थोक पठाउँछन् ,,,

चाहिएन मलाई,, झुटा अभिवादन 
निहुरीन्न मेरो यो शीर ढोग पठाउँछन्  ,,,

अनिंदो अरुची तनाब, मेरा मीतहरु
भो भो पर्दैन भन्छु भोक पठाउँछन् ,,,

कङ्गाल नै बनाए, माग्दै हस्ताक्ष्यर 
अनुमति बिनाका,, तोक पठाउँछन् ,,,

मुस्कुराएको थाहा पाएछन् कि कुन्नी  
आखिर किन अनेक शोक पठाउँछन् ,,,

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...