Friday, June 3, 2022

सपना भरी थियौ, यादबाट हटाउनै सकिन

सपना भरी थियौ, यादबाट हटाउनै सकिन 


र पनि कैयौं रातहरु, मैले कटाउनै सकिन!!


अझै बुझ्न् सकिन, जिन्दगी हिसाब भन्थे 

योगफल बढ्दै गए, कत्ति घटाउनै सकिन !!


भन्थ्यौ आँखाहरु झिल हुन्, मन महासागर  

ती परेलीका डीलसम्म पनि, अटाउन सकिन !!


एस्तो लाग्छ, जिन्दगी हिजोआज जडौरी भो 

जति नै लतारे पनि, खै'त फटाउनै सकिन!!


के गर्नु भेटें भेट्न त, पस्चतापको ढ्याङ्ग्रो    

लखेट्थें यादका भूतहरु,अहँ ठटाउनै सकिन!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...