Tuesday, June 14, 2022

अल्पमत कै जस्तो पो सरकार भो, यो जिन्दगी साथी

कमजोर ढोका बलियो गजबार भो, यो जिन्दगी साथी 
 

टाउको माथिको धारिलो तरवार भो, यो जिन्दगी साथी  


जस्तोसुकै गठबन्धन गरी ढाल्न खोज्छन्, मेरा प्रतिपक्ष 

अल्पमत कै जस्तो पो सरकार भो, यो जिन्दगी साथी


डुब्न थालेँ म नशामा, डुब्न थाले किनारमा ती नाउहरु  

गहिराई बिनाको कस्तो मझधार भो, यो जिन्दगी साथी   


सधैंको तनाब सधैंको अभावहरु, कतिन्जेल चल्ने होके 

कहिले भन्न् पाईला कि दमदार भो, यो जिन्दगी साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...