Thursday, June 16, 2022

यो मन छ नि, यो मन,

यो मन छ नि, यो मन,
निकै उदाश छ आज
सधैं त बहकिन्थ्यो मात्र
उफ् हतास छ आज
शितल हावा चलेको बेला
तातो बतास छ आज।।
यो मन छ नि, यो मन,
साच्चै एक् तमास छ आज
बिद्रोह बिग्रहका सङ्गम
तिता समास छ आज
सबथोक छ शुभेच्छा बाहेक
सायद् निराश छ आज।।
यो मन छ नि, यो मन
निकै उदास छ आज।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...