Wednesday, June 22, 2022

गजल:उनलाई सधैं सधैं म, लुकेर हेर्ने गर्छु

उनलाई सधैं सधैं म, लुकेर हेर्ने गर्छु  
नदेख्दा तिनै तस्विरमा, सुतेर हेर्ने गर्छु !!

अचेल साँझ-पख पछ्याउने गर्छु पदचाप 
थाहै पाउन्नन् बजारमा, झुकेर हेर्ने गर्छु!!

टाढा पुगेकी हुन्छिन्, सर्सराहट सुनिन्नन्  
कम्जोर् भए दृष्‍टि चस्मा, पुछेर हेर्ने गर्छु!!

पागल भन्छन् मलाई, नदेख्दा कहिँ कतै 
आफ्नै केश राशी समेत, लुछेर हेर्ने गर्छु !!  

जसरी पनि दुखाउनु, चलन एस्तै यहाँ  
चरक्क एेना झैं फेरी म, फुटेर हेर्ने गर्छु!!   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...