Wednesday, June 22, 2022

गजल: असफल भो क्रान्ति, शोला फेर्नुछ जीन्दगीको!!

चुहिए खुशी सबै,, झोला फेर्नुछ जिन्दगीको 
भरिएनन् त रङ्गका, लोला फेर्नुछ जिन्दगीको!!

अभाव दबाव प्रभाव, के छैन म सङ्ग आज   
सुन् चाँदी हिरामोती, तोला फेर्नुछ जिन्दगीको!!

तृष्णा तनाब जहिँ-तहिँ, बगिरहन्छ अबिरल 
बग्दैन पानी सफा,, खोला फेर्नुछ जीन्दगीको!!
     
उफ् निकै अफसोच, कहाँ बिसाउँ कहाँ राखुँ 
कहाँ पाईेला र त्यो, चोला फेर्नुछ जिन्दगीको!!

न मार्यो छलाङ्ग न, गती लियो यो आफन्तले 
असफल भो क्रान्ति, शोला फेर्नुछ जीन्दगीको!!     


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...