Thursday, June 16, 2022

मनमा बस्यौ,, नजरको बाटो हुँदै

मनमा बस्यौ,, नजरको बाटो हुँदै 
नदी किनार,,, बगरको बाटो हुँदै !!

क्षितिज सन्ध्यासङ्ग, जिस्किदै थियो
पछ्याई रहे,,,, शहरको बाटो हुँदै !!

लुक्यौ हरायौ,  केहिबेर बादलुमा
मिठा पर्खाई,,, सगरको बाटो हुँदै !!

छाल जस्तै कि, बैंशालु चाल जस्तै
जिस्काई गयौ,, लहरको बाटो हुँदै !!

अन्धेरी छायो,, मौनतामा फर्किए
सुनसान् यात्रा, कहरको बाटो हुँदै !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...