Friday, June 24, 2022

प्रेमार्थ

बिना सम्बोधनका सम्बन्धहरु,, मिलाउन खोज्दा 
अनायसै अन्जान मायामा मुटु, जिलाउन खोज्दा,,

खेलवाड नै गरे, ती हिजोका मायाका खेलाडीहरुले  
बदनाम हुनेछ प्रेम, बारुद बन्नेछ, पिलाउन खोज्दा,,

न माया मोह, न मोह माया, यो कस्तो मायाजाल 
सकसै'सकस सहनुपर्ने सम्मोहनमा, बिलाउन खोज्दा,,
  
कठै! कस्ता कठिन छातीमा, सम्हाल्न नसकिने  
सारा समर्पण उनको नजरमा, सिलाउन खोज्दा,, 

उल्टो छुरी पो चल्यो यार, जब हातमा गूलाब थियो   
बदलामा बदलियो प्रेम 'प्रेमार्थ', दिलाउन खोज्दा,,

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...