Tuesday, June 21, 2022

कहिले पो हुन्छ र?, जवानी पूरानो।

ईशाराले बोलाउने, त्यो बानी पूरानो 
नशा भन्दा रहेछन, यो पानी पूरानो।। 
 
भिजे नसानसामा सारा,यौवनका मात 
कहिले पो हुन्छ र?, जवानी पूरानो।। 

तालमा ताल दिंदै, पाउजुको झंकारमा 
आज गाउँदैछु त्यही, रूमानी पूरानो।।

भुलेर अन्धेरी, ति जून तारा नक्षत्र 
नभन्नु कहिल्यै नि, बिहानी पूरानो!!   

मायाका बस्तिमा, भेटिए पागल प्रेमीहरु  
ठेकी, नेती, घार्र घुर्र, मदानी पूरानो।। 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...