Sunday, June 19, 2022

लडेको थिएँ, ढुङ्गाले थिचे gazal

लडेको थिएँ, ढुङ्गाले थिचे 
मर्यो रे फूल, थुङ्गाले थिचे।। 

भएकाले भए, सहन हुन्थ्यो 
केही नभका, बुङ्गाले थिचे।। 

यात्रा मझधार, हुन्डरी सङ्ग 
पल्टिए त्यही, डुङ्गाले थिचे।।   

बेहोर्नु पनि, के के पर्ने है   
ओठ माथिका,जुङ्गाले थिचे।।  

भन्थे'नी, निकै मजबुत छौं  
सोचे भन्दा ह'लुङ्गाले थिचे।।   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...