Tuesday, June 21, 2022

बैरी लागे आफ्नाहरु, घडेरीमा आगो लाग्यो।।

गाग्रो बाल्टी सबै रीत्ता, पंधेरीमा आगो लाग्यो 
भागुं भने बाटो छैन, मझेरीमा आगो लाग्यो।। 

यो कस्तो अन्धकार हो, बताई देओ बुझ्नेहरु 
छैन कतै उज्यालो'नि, अंधेरीमा आगो लाग्यो।।  

कस्ले खन्ने मनका कुवा, कसले जोड्ने धारा     
सुकेका थे ओठ तालु, खडेरीमा आगो लाग्यो।।     

सोच्दै थियो आफन्तले, घर बनाउने कुनैदिन 
बैरी लागे आफ्नाहरु, घडेरीमा आगो लाग्यो।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...