Tuesday, June 21, 2022

धेरै कोशीस गरें, मैले'नी हाँसु भनेर,

कहिले याद बनेर,त कहिले आँसु बनेर
सोच्छु कोसङ्ग अब, साहिनो गाँसु भनेर !!  

न खुशी भेटिन्छन्, न मुस्कान नै यहाँ 
धेरै कोशीस गरें, मैले'नी हाँसु भनेर,,!!

संगीत भर्दै कवितामा सारेगम तानपुरामा 
बितृश्णा बिरह पिडा, सबैमा नाँचु भनेर !!

मरेतुल्य बनायो भाग्य, कि समयले कुन्नी 
गर्दैछ केही कोशीस, आफन्त बाँचु भनेर!!


      

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...