Tuesday, June 14, 2022

गजल: यहाँ हर सवालका जवाफ, मेरा मौनताले दिन्छन् !!

सपना चाहना रहर सब, मेरा आवश्यकताले दिन्छन्
बुझ्न् खोज्नुस् न भेट्नुहुन्छ, मेरा सरलताले दिन्छन् !!

निकै कठोर बनायो आज, भाग्य र समयले होला 
बेहोशीमा छु म रपनि होश, मेरा क्षमताले दिन्छन् !!

शुभेक्ष्या कामना शुभकामना, मनै बाट दिने गर्नुस्  
भन्दिन आशिर्बाद निधारका, मेरा अक्ष्यताले दिन्छन् !!

डराउनु पर्दै पर्दैन, निर्धक्क सोध्नुस् भनिहाले नि 
यहाँ हर सवालका जवाफ, मेरा मौनताले दिन्छन् !!

सोध्नुहुन्छ नि कसोरी लेख्छस्, गजल ए आफन्त 
कसोरी भनुँ खै यी सारा, मेरा बाध्यताले दिन्छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...