Thursday, June 16, 2022

श्री, मैले बगर पिएँ ।।

समयको अन्तरालमा, फेरि जहर पिएँ 
सङ्गसङै पूरा नभएका, कैयौं रहर पिएँ।। 
 
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु 
आफ्नै नजर बाट, आफ्नै यी नजर पिएँ।।   

सीतन बनाएँ भाग्यलाई, चट्नी समयको 
मौनता भित्रका तिनै, चिसा कहर पिएँ ।। 

कति मिठालाग्ने, जिन्दगीका कक्टेलहरु  
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।। 

मेटिएनन् तिर्खा अझै, रीत्तिसके बोतल 
नदी मात्र त हुँदै हैन श्री, मैले बगर पिएँ ।।

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...