Friday, July 1, 2022

edt required

सुटुक्कै चोरुँ लाग्ने ओठका लालीहरु 
भुतुक्कै पार्ने ती आँखाका बार्दलीहरु 

कसम, जवानीले ठाउँँ छोड्यो साथी 
कुटुक्कै मन खाने, कानका बालीहरु 

मसी बनाई सौन्दर्यताको कसी कस्नेछु 
खुसुक्कै देउन नयन कोशका कालीहरु 

भमरा पल्किए यहाँ फूल जुठो पार्दै 
निथ्रुक्कै पारे मेरा मनका डालीहरु 

मुसुक्कै मिठा  तिम्रा बोलिका गालीहरु 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...