Wednesday, July 6, 2022

सकिएछ 'आफन्त'को बाँच्ने,चाहत जिन्दगीको!! sent to gazalganga radio nepal

चङ्गा बनाई उँडाई दिउँ कि, कागज जिन्दगीको 
सुन्यमा छ असार मसान्तमा, लागत जिन्दगीको !!

निकै कमजोर अनुभूति, सपनाहरुले साथ छोडे 
केले लुट्योलुट्यो कता छुट्यो, तागत जिन्दगीको !! 

बैरी लागे जस्तै हुन्छ अभाव मात्र खट्किए यहाँ 
आधा बाटोमा खोसिए सारा,, राहत जिन्दगीको !!

ढुङ्गा माथि परेको बिऊ, खडेरीलाई नासो जस्तो 
कसले सुन्ने कसले बुझ्ने मेरा, आहत जिन्दगीको !!

कुँडिएको मन उस्तै, उस्तै यी दिनहरु धमिलिए 
सकिएछ 'आफन्त'को बाँच्ने,चाहत जिन्दगीको!! 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...