Tuesday, July 5, 2022

पागल बनायो त्यो रूपले मलाई


पागल बनायो त्यो रूपले मलाई

मलाई पागल बनायो त्यो रूपले 


निधारमा छ रातो, आँखामा कालो 

कसले बनायो टिका 

कसले बनायो गाजल 

मलाई पागल बनायो त्यो गाजलले 

त्यो गाजलले मलाई पागल बनायो


कहिले घुम्टो ओढेर, कहिले आँचल ओढेर 

कसले बनायो घुम्टो 

कसले बनायो आँचल 

पागल बनायो त्यो आँचलले मलाई

मलाई पागल बनायो त्यो आँचलले 


पाउजुको झन्कार मीठो, मादलको घिन्ताङ्ग मीठो 

कसले बनायो पाउजु 

कसले बनायो मादल 

पागल बनायो त्यो मादलले मलाई

मलाई पागल बनायो त्यो मादलले


पागल बनायो त्यो रूपले मलाई

मलाई पागल बनायो त्यो रूपले 

  


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...