Friday, July 1, 2022

बेचेर सपना ३

भूल्न भन्दै बजारमा, मैले याद किनेको छु 
यादै-यादको भूमरीमा, उन्माद किनेको छु!!
  
व्याख्या धेरै गरे मान्छेले, जिन्दगीको यहाँ 
जिन्दगी धितो राखी, आर्तनाद किनेको छु !!

नउँडाउ परेवा, नलेख कविता स्वतन्त्रताको 
पिँजडामा पाईला राख्दै,आजाद किनेको छु!!

रात आफ्नै, मात आफ्नै, याद तिम्रा हरपल 
देउ'अझै सकेजति अन्धेरी, चाँद किनेको छु!!   

बर्बादीको पार्टी खोलें, एही पिरतीको नाममा  
आउ लगाउ नारासँगै, जिन्दा'बाद किनेको छु !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...