Friday, July 1, 2022

बेचेर सपना ३

भूल्न भन्दै बजारमा, मैले याद किनेको छु 
यादै-यादको भूमरीमा, उन्माद किनेको छु!!
  
व्याख्या धेरै गरे मान्छेले, जिन्दगीको यहाँ 
जिन्दगी धितो राखी, आर्तनाद किनेको छु !!

नउँडाउ परेवा, नलेख कविता स्वतन्त्रताको 
पिँजडामा पाईला राख्दै,आजाद किनेको छु!!

रात आफ्नै, मात आफ्नै, याद तिम्रा हरपल 
देउ'अझै सकेजति अन्धेरी, चाँद किनेको छु!!   

बर्बादीको पार्टी खोलें, एही पिरतीको नाममा  
आउ लगाउ नारासँगै, जिन्दा'बाद किनेको छु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...