Wednesday, August 31, 2022

लेखिनुपर्छ है अझै केही कथा जिन्दगीका

लेखिनुपर्छ है अझै केही कथा जिन्दगीका 
रुने रुन्छन् हांस्ने हाँस्छन् ब्यथा जिन्दगीका!!
 
सकस भोगें, दकस भोगें, भोगें सुख दु:ख 
कसलाई किन लुकाउनु अब जेथा जिन्दगीका !!

रहर मरे सपना डढे तर हाँसो ओठमा ल्याई 
छन् छ न त अझै कति बाध्यता जिन्दगीका!!

मन मुटु सोच सारा, फोहोरका गन्जागोलमा 
कहाँ पाउनु 'गौतम, यहाँ सुद्धता जिन्दगीका !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...