Sunday, February 28, 2021

मुटु त आफ्नै हो नि, धड्किन्छ अर्कैको लागि

मुटु त आफ्नै हो नि, धड्किन्छ अर्कैको लागि 


जिन्दगी पनि आफ्नो, तड्पिन्छ अर्कैको लागि!!

 

फिल्मी दुनियाँमा हुन्छ भन्थे, यथार्थमा नै भयो 

भुकभुक यही छाती, छड्किन्छ अर्कैको लागि!! 


सुस्तसुस्त हावा चल्दा, मनमा भने आँधिबेहरी  

कदम कांडे तार नै, फड्किन्छ अर्कैको लागि!! 


लौन बताई देउ, आखिर के हुँदैछ हिजोआज 

कहिलेकाहीँ सासै पो, अड्किन्छ अर्कैको लागि!! 


कस्तो महशुस यो? नितान्त नौलो नौलो भयो 

बिना बादल बर्षात, चड्किन्छ अर्कैको लागि!! 

Saturday, February 27, 2021

फरक शैलीमा केही शेर

मनको ढोका ढकढक्याएको थिएँ त्यो सुनिनौ  

टाढा बाट दिएको ईशारा, कसरी बुझ्छ्यौ र ?? 



लत्याएर हिंड्यौ दुखीहरु मन्दिर जाँदै गर्दा 

बुझ्दै नबुझ्ने त्यही पत्थर कसरी पुज्छ्यौ र ??


हात दिएको थिएँ दुई पाईला सङ्गै चलौं भनि 

प्रेममा अपाहिस रहिछौ कसरी कुंद्छ्यौ र ??


नभन बिहान निन्द्रा परेन मलाई फिटिक्कै भनि 

रात अर्कैको, सपनी अर्कैको कसरी सुत्छ्यौ र ??


मुखमा कालो पट्टी बाँधि स्वतन्त्रताको वकालत 

भन यही समाज सङ्ग भोलि कसरी जुध्छ्यौ र  

यौवनका गीत

के के भए भए चार नजर जुधे पछी 
बल्ल पो थाहा पाइयो रहर जुधे पछी 

कतै फुटे ज्वालामूखि कतै सूनामी नै 
जवानीका मिठा ताता लहर जुधे पछी 

निष्कर्श निस्कियो उत्कर्षमा पुगौं भनि 
धरोधर्म यी चाहनाका डगर जुधे पछी 

रापिए चिसा पल चिसियो आगो पनि 
नदिले ठाउँं छोड्यो दुई बगर जुधे पछी

युद्ध चल्यो गोला बारुद धुमलिए मैदान 
अमृत बन्यो समाप्तिमा जहर जुधे पछी

हार मनाएर त हेर, जित बिर्सन्छौ

हार मनाएर त हेर, जित बिर्सन्छौ 
मनका रूमानी पढ, गीत बिर्सन्छौ!!
 
खै कसले बसालेछ, अनौठा चलन 
आँफैलाई छाम्ने गर, प्रित बिर्सन्छौ!!
 
फूलको बदला, काँडा दिन्छन् भने 
काँडामाथि टेकीहिँड, प्रित बिर्सन्छौ!!

धिक्कार्ने छ आकाशले, जमिनमा छौ 
त्यो चन्द्रमा हेर्दै गर्दा, सित बिर्सन्छौ!!
   
बिर्सनु अनेकौं छन्, तर पनि यहाँ 
पछुताउने छौ आफ्नो मित बिर्सन्छौ!!

साथ नछोड है जिन्दगी

सबले साथ छोडेपनि, साथ नछोड है जिन्दगी                                                                                                                       छायाँ सङ्गै हुन्छु तेरो, हात नछोड है जिन्दगी !!


झिस्मिसेका ती निशाहरु, मेरापनि मित नै हुन्
रपनि मेरालागि केबल, रात नछोड है जिन्दगी !!

स्विकारेकै छु कथित लान्छना, नबोलेरै देखिस्
कमजोर हुन्छन् छाती, घात नछोड है जिन्दगी !!

धेरै पिएं नशा मैले, धेरै पिएं आसुँ सायद
बेशिमा जिउनु छैन, मात नछोड है जिन्दगी !!

मलाई अब मुस्कुराउनु छ, यो दुनियाँका खातीर
कोपिला चुँडी जिन्दगीमा, पात नछोड है जिन्दगी !!

पिउने छैन कहिल्यै अब,, निदाउन भन्दै

 पिउने छैन कहिल्यै अब,, निदाउन भन्दै
बेहोशीमा कोमल गला,, भिजाउन भन्दै !!

तर्कनेहरु तर्किए ति, आउनेहरु आउँछन्
निस्ठुरीलाई नै घरिघरी,, रिझाउन भन्दै !!

मातहरुको खातमा,, धेरै कटे रात मेरा
गाँठो परे पर्ला मनमा, फिजाउन भन्दै !!

जसले सिकायो पिउन, सखीलाई सलाम
बोल्ने छैन एक्लै ऎनालाई, गिजाउन भन्दै !!

नगर भो कर पनि, यो आफन्तलाई अब
पिउने छैन कहिल्यै अब, निदाउन भन्दै !!

डाली १

कोपिला १ 

आज फेरी म धोकामा ठोक्किएँ 

उसै त यो दुनियाँ मलाई अन्धो पागल भन्छ 

सिसाका बन्द ढोकामा ठोक्किएँ !!


कोपिला २ 

रातका सपना बिहानीमा भुलेकै राम्रो 

रहरहरु मन भित्र नै थाँती राखेको बेलामा 

मिठामीठा सून्दर् कहानीमा भुलेकै राम्रो !!


कोपिला ३ 

खै किन हो उनका बातै मिठा 

नजर शंकालु मनमा कपट छन् थाहा छ 

प्यारीका कल्पनामा रातै मिठा !! 


कोपिला ४ 

त्यो सिमानामा गजबार छ र 

राता ठेलीहरु कन्ठस्त पारेका भोकै छन् 

भन्नुस् न देशमा सरकार छ र !!


कोपिला ५ 

सब भुल्छु म आत्तिको बेला 

साथी भन्छ ओई तैंले आफ्नै पोल खोलिस  

केके पो भने मात्तिएको बेला !!


गजल समसामयिक

धन्य छु ए हजुर् रुनै दिँदैन सरकार 

बिरोध आक्रोश छुनै दिँदैन सरकार !! 


के गफ गरुन् कठै अबका पँधेर्नीहरु!! 

पँधेर्नीका गुन्युँ त् धुनै दिँदैन सरकार 


पानी जहाज दियो दियो चुच्चे रेल पनि 

पाक्दैन तिउन नुनै दिँदैन सरकार !!


बालुवाटार देखि सितल निवास जहाज चढ्छ् 

अस्पातलमा खै खुनै दिँदैन सरकार!!


एता फर्के घाम मेरै उता फर्के घाम मेरै 

पुर्णिमामा पनि जूनै दिँदैन सरकार !!  


हाँसेर नै मरिन्छ कि क्या हो "कल्पु"

हे उल्का अचम्म रुनै दिँदैन सरकार !!


कल्पना पौडेल आचार्य 

समकालिन साहित्यमा प्रकाशित

डाली २

कोपिला १

आखिर त्यही पारा देखाए  

कुरो त कोमल कालिनको नै थियो 

लुकाई फूल आरा देखाए । 

कोपिला २ 

दम्बै दम्बमा चलाए सरकार 

कुरो मिलेन भागबण्डामा आखिर आज 

सुन्दैछु फेरी ढलाए सरकार । 

कोपिला ३ 

रसिला ओठका बोली नै मिठा भन्थे 

एेना हेर्दा लाज लाग्छ हिजोआज मलाई पनि 

नामले नबोलाई के छ् हो ठिटा भन्थे । 

कोपिला ४ 

भो भो सपनाको कुरा नगर प्रिया

धेरै रात भए ननिदाएको थाहा छैन किन 

उम्रन्न प्रेमका बिऊ नछर प्रिया । 

कोपिला ५ 

हाम्रो राम्रो सरकार कविता देखिए 

राजनीतिको दाउपेच सत्ताको मोह के बुझुन् जनता

देख्नु भो राजधानीमा रमिता देखिए ।। 


डाली ४

 

कोपिला १ 

तिमी आगो म पानी बनौँला 

मायाको शहरमा एउटा प्रेमको घर 

म आँखा तिमी नानी बनौँला !! 

कोपिला २ 

रहर नै रह्यो उनको मुहार हेर्न 

कस्तो पापी बादल पुर्णिमाको रातमा 

उत्ताउलो भएँ जूनको मुहार हेर्न !! 

कोपिला ३ 

न नाफा न घाटा भो जिन्दगी

हुन त ब्यापार सम्झनु नै गल्ती थियो 

औंशीका ज्वार् भाटा भो जिन्दगी !!

कोपिला ४ 

ईशारामा चुरी चलाए  

नजानिंदो घाइते भएछु म आफू 

मुस्कान मै छुरी चलाए !!

कोपिला ५ 

आऊ यो मनमा राज गर 

भोलिको टुङ्गो कसले दिन सक्छ र 

साँच्चै यौवनमा राज गर !!


Gazal

भोकालाई अर्ति होइन, माम देउ 

गुमनाम् हुंदैछ् उ एउटा, नाम देउ !!


परिस्थितीले बेखर्ची यो परदेशमा 

सत्तो सराप मात्र किन, काम देउ !!


साँघुरो धर्ति, छोटो सिरक आकाश 

सक्छौ भने, सर लुकाउने ठाम देउ !!


सोचेको हुंदैन, उल्टो झापड समयको 

खुशी भेट्छभने आज टुच्च, जाम देउ !!


दर्शन छांट्न सजिलो, कर्ममा भिन्न 

मुर्तिपूज्नेहरु, मानवताको घाम देउ !!

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...