Monday, October 31, 2022

रमाइलो गजल

पटका त भेटिए ओस्सिएका गर्नु के साथी 
सलाईका काँटी मात्र खेरगए मर्नु के साथी

खर्क गोठ चाहार्नु बिंदी चहारें धितै मरेन
कुवा भेटिएन खाली मैदान चर्नु के साथी

मुलमा छु नजिकै मिठो पानीको नदि पनि
पानी चुहिरन्छ रित्तो गाग्रीमा भर्नु के साथी 

असमन्जस्यमा परे म त आधा बाटोमा छु
मझधारमा परें फर्कनु कि तर्नु के साथी 

केही ज्ञान त तँ सङ्ग पनि होलान् कि कसो   
भन्देन यार तैंले नैउक्लनु कि झर्नु के साथी

गीत req edit


सम्झाउ भन्छ्यौ घरिघरि तर 
तर पनि यो मन कहाँ मान्छ र 
तिम्लाई छोडी नजर कहाँ जान्छ र 

नलगाउ भो धेरै घुर्की ए सानु 
नहिंड भो धेरै तर्की ए सानु 
अनुमती बिना कसले तान्छ र 

तिमी मनकी मोती मेरी  
हृदय कि हिरा हौ  
हिरा मोती छाडी 
फलाम कसले लान्छ र
----
मन उड्छ एकतमासले साँझ परेपछी 
एस्तैएस्तै हुन्छ रे प्रेमका नदी तरेपछी 
कति पौडनु एकान्तका ताल तलैयाहरु 
भेटिए यी मिठा बतास पहाड चढेपछी 
नबनाउ दलदल मायाका सागरलाई 
शितल हुन्छ बेसी लेकबाट झरेपछी
----------
भन्दै गर्छ दुनियाँले हामी चल्दै गरौं जवानीको चुल्होभित्र दुबै जल्दै गरौं

अरे यार श्री, सम्हालिएर चल अब त

तँ त एक्लै छस झनै, पलपल अब त 
फुस्कँदै छ तेरै हातबाट तेरै बल अब त!! 

कति बोक्छस अझै दुनियाँका लङ्गौटीहरु 
फेरिहाल पूराना आशक्तिका दल अब त !!

नढांट आँफैलाई नजर जुधाएर बोल्नेगर 
छाड्दे पिउन गन्हाउने छि ढल अब त !!

ती दशै तिहार आएर पनि गैसकेछन् है 
खासै देख्दिन कतै चहल-पहल अब त !!

कति सम्झाउँ म आँफैले आँफैलाई लौन 
अरे यार 'श्री' सम्हालिएर चल अब त !!  

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे 
बेप्रसङ्ग फेरी ती, कानका बालीका कुरा हुन्थे
 
साँच्चै! तारा टिपिन्थे जून छोईन्थ्यो त्यतिबेला 
खुला आकाश मुनी बसी बार्दलीका कुरा हुन्थे !!

खै कस्ता कस्ता हुन्छन् मायाका आभाश पनि 
ती एकान्त अन्धेरी रातमा चांदनीका कुरा हुन्थे !!

उघारिन्थे लाजका घुम्टा, हट्थे शरमका बादल 
नाई नाई भो भन्दाभन्दै मनोमानीका कुरा हुन्थे !!

अतित कोटिन्थे भविश्यको कसलाई चासो छ र
निर्धक्क केही प्रौढ केही जवानीका कुरा हुन्थे !!

Tuesday, October 25, 2022

ओठमा मौनता नजरमा आवाज भेट्छु

ओठमा मौनता नजरमा आवाज भेट्छु 
तिम्रा सामिप्यतामा मिठा आभास भेट्छु

साँघुरिए आखिर हाम्रा गोरेटाहरु आज 
हराउँछु म बन्द कोठामा आकाश भेट्छु 

ओठमा मौनता नजरमा आवाज भेट्छु 
दोश जे दिएपनि यो दुनियाँले आखिर 

बेचैन मन-भित्र अनेकौं  अन्दाज भेट्छु 

सम्हालिन्न मुटु हरेक बाबजुदमा पनि 
जताततै केवल संसार बर्बाद भेट्छु

गीत निस्कौं मुटु पिरतीको पातमा राखेर

पलभरका केही खुशी साथमा राखेर 
निस्कौं मुटु पिरतीको पातमा राखेर 

हराऔं दुबै मिली नजरका गहिराईमा 
चोखोमाया एकअर्काको हातमा राखेर 

बैँशालु जोडी भन्छन् दुनियाँले आज 
खुशी देखाऔं यौवनका मातमा राखेर 

नमिठो कसलाई मन छ मीठै बोलौँ न
जोवनका हाम्रा गीत हर बातमा राखेर

पलभरका केही खुशी साथमा राखेर 
निस्कौं मुटु पिरतीको पातमा राखेर

रित्ता रातहरु खुला आँखाहरुमा खोज

रित्ता रातहरु खुला आँखाहरुमा खोज 
बिछोडका गजल मेरा भाकाहरुमा खोज 

भेटिएलान् नभेटिएलान् प्रेम निशानीहरु 
मिलनका गीतहरु बनपाखाहरुमा खोज 

मैलिएनन् कतै पछ्यौरी न दाग नै लागे 
नउध्रिएका उनकै चोलीढाकाहरुमा खोज 

अभिभाजित मन आज टुक्राटुक्रा भयो 
नपत्याए मन मुटुका शाखाहरुमा खोज 

अपरिभाषित भयो जीवन प्रेम थाहाछैन 
कोर्दै गरेका जिन्दगीका खाकाहरुमा खोज 

गजल

रहरहरु सङ्ग खेलें
लहरहरु सङ्ग खेलें!!
 
यात्रा हो जीवन भन्दै 
डगरहरु सङ्ग खेलें!!

अमृत त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!
 
बग्न चाहन्थेँ नदी सरह 
बगरहरु सङ्ग खेलें!! 

भेटिएनन् साथी कतै 
शहरहरु सङ्ग खेलें!!
 
र पनि मर्दैन धित
कहरहरु सङ्ग खेलें!!

जिन्दगी जुवा पनि भने 
दहरहरु सङ्ग खेलें !!

अमृत त कहाँँ पाउनु
जहरहरु सङ्ग खेलें!!

- आफन्त 
रेइक्याभिक अाइसल्याण्ड
जुन 2018

Tuesday, October 18, 2022

नशा बन्यो जिन्दगी आज, जवानी पिउन धौ भो

तिमी आगो पिएँ भन्छौ यहाँ पानी पिउन धौ भो 
नशा बन्यो जिन्दगी आज, जवानी पिउन धौ भो
 
कस्ता निशा हुन्? सर्साहट, सीत सँगका बतास 
सिङ्गो रात पिएर बिताएँ, बिहानी पिउन धौ भो 

चोट पिडा बिर्सिसकेको बेला भो याद चाहिएन  
पिएँ सारा गीत गजल उफ् रूमानी पिउन धौ भो 

आँसु नसुहाउने नजर तिम्रा ओठका लाली लुके 
सम्हालेँ मुस्कानका मूल्य,रिशानी पिउन धौ भो
    

पक्का थिए प्रेमान्त्य कात्रा तय थिए!

तिम्रै गाउँको बाटोगरी यात्रा तय थिए  
भविश्यका भवितब्य जात्रा तय थिए!!

कहाँ मिल्छ भने जति माया मान्छेलाई 
केकति हो पाउने त्यो मात्रा तय थिए!!  

समयको खेल भन या घडीका पलहरु 
सुरुवातमै झुण्डिएका पात्रा तय थिए !!

धार फरक नदिका फरक ति घाटहरु  
पक्का थिए प्रेमान्त्य कात्रा तय थिए!

Monday, October 3, 2022

दशै तिहार गीत Bishnu Kshetri

(धुनमा )
 
चचहुई ,,,,चचहुई 
देउसीरे,,,, देउसीरे 
 
पहिलो कोरस 
सयपत्री फूलमा बस्यो भमरा
टिका निधारैमा कानमा जमरा  

दसैंँको घर आङ्गन तिहारका रात हजुर 
हे!आउनुस् मिली गरौं मिठा बात हजुर  
दशैंको मासु चिउरा तिहारका रोटी हजुर 
हे भट्याउन देउंशीभैलो एकै चोटी हजुर!!   

दोस्रो कोरस
मखमली फूलमा बस्यो भमरा 
टिका निधारैमा कानमा जमरा 

नेपथ्य कोरस   
आहै भन भन भाई हो देउँसीरे ......
आहै भन भन बैनी हो भईलीनी .....

बर्ष दिनको चाडबाडमा गाउँ घरै रमाईलो 
हे दसैंं तिहारमा वरै रमाईलो परै रमाईलो   
बिछडीएका साथी सङ्गी पूराना प्रित भेटिन्छन् 
मालश्रीका धुनमा दशैंतिहारका गीत भेटिन्छन्!!

अन्तिम कोरस  
मक्खमली फूलमा बस्यो भमरा 
टिका निधारैमा कानमा जमरा 

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...