Tuesday, October 25, 2022

गीत निस्कौं मुटु पिरतीको पातमा राखेर

पलभरका केही खुशी साथमा राखेर 
निस्कौं मुटु पिरतीको पातमा राखेर 

हराऔं दुबै मिली नजरका गहिराईमा 
चोखोमाया एकअर्काको हातमा राखेर 

बैँशालु जोडी भन्छन् दुनियाँले आज 
खुशी देखाऔं यौवनका मातमा राखेर 

नमिठो कसलाई मन छ मीठै बोलौँ न
जोवनका हाम्रा गीत हर बातमा राखेर

पलभरका केही खुशी साथमा राखेर 
निस्कौं मुटु पिरतीको पातमा राखेर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...