Tuesday, October 18, 2022

नशा बन्यो जिन्दगी आज, जवानी पिउन धौ भो

तिमी आगो पिएँ भन्छौ यहाँ पानी पिउन धौ भो 
नशा बन्यो जिन्दगी आज, जवानी पिउन धौ भो
 
कस्ता निशा हुन्? सर्साहट, सीत सँगका बतास 
सिङ्गो रात पिएर बिताएँ, बिहानी पिउन धौ भो 

चोट पिडा बिर्सिसकेको बेला भो याद चाहिएन  
पिएँ सारा गीत गजल उफ् रूमानी पिउन धौ भो 

आँसु नसुहाउने नजर तिम्रा ओठका लाली लुके 
सम्हालेँ मुस्कानका मूल्य,रिशानी पिउन धौ भो
    

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...