Monday, October 31, 2022

रमाइलो गजल

पटका त भेटिए ओस्सिएका गर्नु के साथी 
सलाईका काँटी मात्र खेरगए मर्नु के साथी

खर्क गोठ चाहार्नु बिंदी चहारें धितै मरेन
कुवा भेटिएन खाली मैदान चर्नु के साथी

मुलमा छु नजिकै मिठो पानीको नदि पनि
पानी चुहिरन्छ रित्तो गाग्रीमा भर्नु के साथी 

असमन्जस्यमा परे म त आधा बाटोमा छु
मझधारमा परें फर्कनु कि तर्नु के साथी 

केही ज्ञान त तँ सङ्ग पनि होलान् कि कसो   
भन्देन यार तैंले नैउक्लनु कि झर्नु के साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...