Monday, October 31, 2022

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे 
बेप्रसङ्ग फेरी ती, कानका बालीका कुरा हुन्थे
 
साँच्चै! तारा टिपिन्थे जून छोईन्थ्यो त्यतिबेला 
खुला आकाश मुनी बसी बार्दलीका कुरा हुन्थे !!

खै कस्ता कस्ता हुन्छन् मायाका आभाश पनि 
ती एकान्त अन्धेरी रातमा चांदनीका कुरा हुन्थे !!

उघारिन्थे लाजका घुम्टा, हट्थे शरमका बादल 
नाई नाई भो भन्दाभन्दै मनोमानीका कुरा हुन्थे !!

अतित कोटिन्थे भविश्यको कसलाई चासो छ र
निर्धक्क केही प्रौढ केही जवानीका कुरा हुन्थे !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...