Monday, October 31, 2022

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे

आँखाका गाजल, ओठका लालिका कुरा हुन्थे 
बेप्रसङ्ग फेरी ती, कानका बालीका कुरा हुन्थे
 
साँच्चै! तारा टिपिन्थे जून छोईन्थ्यो त्यतिबेला 
खुला आकाश मुनी बसी बार्दलीका कुरा हुन्थे !!

खै कस्ता कस्ता हुन्छन् मायाका आभाश पनि 
ती एकान्त अन्धेरी रातमा चांदनीका कुरा हुन्थे !!

उघारिन्थे लाजका घुम्टा, हट्थे शरमका बादल 
नाई नाई भो भन्दाभन्दै मनोमानीका कुरा हुन्थे !!

अतित कोटिन्थे भविश्यको कसलाई चासो छ र
निर्धक्क केही प्रौढ केही जवानीका कुरा हुन्थे !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...