Monday, October 3, 2022

दशै तिहार गीत Bishnu Kshetri

(धुनमा )
 
चचहुई ,,,,चचहुई 
देउसीरे,,,, देउसीरे 
 
पहिलो कोरस 
सयपत्री फूलमा बस्यो भमरा
टिका निधारैमा कानमा जमरा  

दसैंँको घर आङ्गन तिहारका रात हजुर 
हे!आउनुस् मिली गरौं मिठा बात हजुर  
दशैंको मासु चिउरा तिहारका रोटी हजुर 
हे भट्याउन देउंशीभैलो एकै चोटी हजुर!!   

दोस्रो कोरस
मखमली फूलमा बस्यो भमरा 
टिका निधारैमा कानमा जमरा 

नेपथ्य कोरस   
आहै भन भन भाई हो देउँसीरे ......
आहै भन भन बैनी हो भईलीनी .....

बर्ष दिनको चाडबाडमा गाउँ घरै रमाईलो 
हे दसैंं तिहारमा वरै रमाईलो परै रमाईलो   
बिछडीएका साथी सङ्गी पूराना प्रित भेटिन्छन् 
मालश्रीका धुनमा दशैंतिहारका गीत भेटिन्छन्!!

अन्तिम कोरस  
मक्खमली फूलमा बस्यो भमरा 
टिका निधारैमा कानमा जमरा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...