Wednesday, September 28, 2022

गजल पलभरका खुशीहरु

पलभरका खुशीहरु आज रहर बनेका छन् 
हर सपनाका घर आङ्गन बगर बनेका छन्!!

अतिरन्जीत नगर है, मेरा प्रेमका शब्दहरु 
कसैलाई सहारा कसैलाई जहर बनेका छन् !!

भग्नावेशमा हराए सारा पूराना प्रेम-पत्रहरु 
जीवन भूकम्पले पुरिएका शहर बनेका छन्!!

खै कसोरी सम्हाल्ने हो, सकस बड्दै गए
लुकाउँदा लुक्दैन आँसु, नहर बनेका छन् !!

नगर भो शान्त सौम्य सालीनताका कुराहरु 
यी मनका मौनता समेत कहर बनेका छन्!!


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...