Thursday, September 8, 2022

बदलियौ बादल जस्तै

परिवर्तन हुन्न भन्थ्यौ बदलियौ बादल जस्तै
हिजोआज भएको  छु, अर्ध पागल जस्तै ।।

हिजो सम्म तिमीले, ठोक्दैछ आज समयले
आखिर यो जिन्दगी दोबाटोको मादल जस्तै।।

न सोहोर्न मिल्ने न कोतर्न मिल्ने यी यादहरु 
लतपतिए तिम्रा ती आँखाका, गाजल जस्तै।।

निकै उन्नत जातको, मार्सी कि बासमती भन्थे
केलाउनु पर्ने भो, बियाँ मिसिएको चामल जस्तै।।

चाहना अधुरा सपना सपना रहे 'आफन्तका'
मौनतामा छु त्यो पूरानो, रातो आंचल जस्तै।।

  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...