Sunday, September 11, 2022

गीत: जीवन दोबाटोमा मिल्किएसरी भो

जीवन दोबाटोमा मिल्किएसरी भो
यो छातीमा आगो सल्किएसरी भो !!

केही गल्ती भए होलान् पाप गरिन मैले 
त्यसैले त बिनाकारण पश्चताप गरिन मैले 

जिन्दगी कहानीमा भेटिएसरी भो  
लेख्दालेख्दै कथामा मेटिएसरी भो!! 

जिउँदो आभाश धुकधुकीमा भेटिन्छन् 
मायाका अनुभूति ढुकढुकीमा भेटिन्छन्!!   

आफ्नै बस्तीबाट लेखेटिएसरी भो 
आफुले आफ्नै गला रेटिएसरी भो !!

जीवन दोबाटोमा मिल्किएसरी भो
यो छातीमा आगो सल्किएसरी भो 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...