Saturday, September 3, 2022

झुटै झुटका 'एहशास' देखाएको छु

छिट्टै आउंछु भनि आस देखाएको छु 
देख्दै नदेखिने, विश्वाश देखाएको छु 

कसोरी बाँच्ने पलपल यादमा भन त 
भन्दा जून तारा आकाश देखाएको छु 

चित्त बुझाउ है भन्छु मेरा तस्विर हेरेर 
तस्बिरमा आँफैलाई खास देखाएको छु 

बेईमानी पो बन्यो कि क्याहो आफन्त 
झुटै झुटका 'एहशास' देखाएको छु  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...