Tuesday, September 13, 2022

के भन्नु र खै सखी उतार चढाव जिन्दगीमा

के भन्नु र खै सखी उतार चढाव जिन्दगीमा  
भाग्य र समयका अनगिन्ती दबाब जिन्दगीमा !! 

थाहै छैन के चाहन्छु म के चाहन्छन् दुनियाँ 
सब थोक छ र पनि अझै अभाव जिन्दगीमा !!
 
छर्लङ्ग छन् ती घामजून जस्तै लुकाएको छैन 
के छ र देखाउनु, सकिए रवाफ जिन्दगीमा !!

एता टाल्यो उता उध्रन्छ उता टाले एता हजुर 
साँच्चै लाग्छ के शनिराहुका प्रभाव जिन्दगीमा !!

छैनन् मीठा कहानी मेरा, न मीठा गीतहरु   
कति सुन्छौ सधैंभरी एउटै तनाब जिन्दगीमा !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...