Tuesday, September 13, 2022

गजल आजको'अंजुमन'

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो 
भित्री सुन्दरता देख्दै नदेख्नेहरु हो!!

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो 
 
नआओ आईन्दा अब यो बाटो गरी  
गहिरा नजरहरुमा जाल फेक्नेहरु हो !!

पापी दुनियाँका लोभी आँखाहरु उस्तै   
चोखा आङ्गन देखेपछि, टेक्नेहरु हो !!

के थाहा तिमीलाई आजको'अंजुमन' 
घरिघरी एकान्तमा बाटो छेक्नेहरु हो 

मेरा सृङ्गारमा गजल, लेख्नेहरु हो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...