Saturday, September 3, 2022

त्यही मौनताले धेरै नै,, बताएर गयो

अहो एक सरो बतासले मताएर गयो  
माया भन्ने के हो, थोरै जताएर गयो 

छोटो स्पर्श मिठामीठा अनुभूति छोडी 
जाँदा जाँदै त्यही मायाले अताएर गयो 

अनेक कुरा जिन्दगीमा बिर्सिएको थिएँ 
चिसिएका मन मुटु फेरी तताएर गयो  

केही मेरा पनि सुन, के भनेको थिएँ 
त्यही मौनताले धेरै नै,, बताएर गयो 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...