Sunday, September 11, 2022

गीत:कति बस्छौ माईतीघर जेलैमा

केटा 
कति बस्छौ माईतीघर जेलैमा 
आउन भेटौं दसैंंको मेलैमा 
केटी 
पाएसम्म को छोड्छ माईतीघर 
तिम्रोलागि को तोड्छ माईतीघर 

केटा 
धेरै भाथ्यो म गाउँघर नआको 
सानु तिम्रो केही खबर नपाको 
केटी 
फोन गरेनौ फोन नम्बर देको थें 
भेट्न आएनौ घर नम्बर देखो थें

केटा 
म तिम्रो तिमी मेरो जवानी सम्हाल्देउ 
घरमा भित्री साँझ बिहानी सम्हाल्देउ 
केटी 
सम्हाल्नुछैन कसैको घर कसैको जवानी 
जो मनमा बस्छ उसैको घर उसैको जवानी  

केटा 
कति बस्छौ माईतीघर जेलैमा 
केटी 
पाएसम्म को छोड्छ माईतीघर
केटा 
आउन भेटौं दसैंंको मेलैमा 
केटी 
आउँदिन भो दसैंंको मेलैमा   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...